आइतबार, वैशाख १३, २०८३

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिँदै

 |  आइतबार, चैत ४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ४, २०८०

National life
kumari

कास्कीको पोखरालाई आज पर्यटकीय राजधानी घोषण गरिँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक समारोहबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रम छ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो।

फेवाताल किनार बाराहीघाटमा औपचारिक कार्यक्रम हुनेछ। आज विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ। पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको समुन्नतिको उद्देश्यले पोखरालाई औपचारिक रुपमा पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो। पोखरा आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्छ।

प्रकाशित: Mar 17, 2024| 10:16 आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्