बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से परिसूचक २७.८४ अंक घट्यो, ३ अर्ब ९४ करोडको कारोबार

नेप्से परिसूचक २७.८४ अंक घट्यो, ३ अर्ब ९४ करोडको कारोबार

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा कायम भएको छ।

National life

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा आइपुगेको हो। बुधबार पनि नेप्से परिसूचक सामान्य अंकले घटेको थियो।

बिहीबार ३०३ कम्पनीको सेयर कारोबार भएकोमा ४४ कम्पनीका सेयर मूल्य बढ्दा १९६ कम्पनीको घटेको छ। १३ उपसमूह सबै घटेका छन्। सर्वाधिक घट्नेमा जीवन बीमा उपसमूह छ। जीवन बीमा २.६५ प्रतिशतले घटेको छ।

बिहीबार स्वाभिमान लघुवित्तका लगानीकर्ता सर्वाधिक गुमाएका छन्। जाल्पा, धौलागिरि लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एनआईसी एशिया लघुवित्त धेरै घट्ने कम्पनीको सूचीमा छन्।

बिहीबार एक करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँ छ। बुधबार चार अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ बराबरको कारोबार भएको थियो।

kumari

सर्वाधिक कारोबार हुने कम्पनीहरूमा माथिल्लो तामाकोशी अगाडि रहेको छ। यस्तै, शिवम् सिमेन्टको २४ करोड चार लाख, सोनापुर मिनरल्सको १६ करोड २४ लाख, गोर्खाज फाइनान्सको १२ करोड ७६ लाख र हिमालयन रिइन्स्योरेन्सको सेयर नौ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

प्रकाशित: Mar 14, 2024| 16:25 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्