आइतबार, वैशाख १६, २०८१

नेप्से बढ्ने क्रम रोकिएन, कारोबार रकम पनि बढ्यो

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सेयर कारोबार मापक नेप्से परिसूचक आज मंगलबार ५८.५८ अंकले बढेर २ हजार १ सय ११.२४ विन्दुमा पुगेको छ। आइतबारको तुलनामा यो २.८५ प्रतिशतले वृद्धि हो।

अघिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्सेले आज पनि सोही प्रवृति पछ्याएको हो।

मंगलबार कारोबारमा आएकामध्ये २ सय २० वटा कम्पनीको सेयर मूल्य बढ्यो, २२ वटाको घट्यो र बाँकी ४ वटाको स्थिर रह्यो।  ८२ हजार ७ सय ४६ वटा कारोबारबाट १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच भए।
यसबाट ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। कारोबार रकम अघिल्लो कारोबार दिनको भन्दा बढी हो। आइतबार २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

प्रकाशित: Mar 12, 2024| 15:23 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्