बिहीबार, चैत २६, २०८२

बन्द भयो हेटौंडा सिमेन्टको क्लिंकर उत्पादन

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

बागमती– सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्टले क्लिंकर उत्पादन बन्द गरेको छ। कोइला अभाव तथा मेसिनमा आएको खराबीका कारण क्लिंकर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ।

National life

कोइलाका माध्यमबाट भट्टीमा पत्थर अर्थात् ढुंगालाई गलाएर क्लिंकर बनाउने गरिन्छ।  आवश्यक प्राविधिक प्रक्रियाबाट क्लिंकर तथा जिप्सनलाई मिसाएर सिमेन्ट उत्पादन गरिन्छ। उद्योगमा विगतमा उत्पादन भएको क्लिंकरको मौज्दात पूर्ण रुपमा रहेकाले सिमेन्टको उत्पादन भइरहेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए। कोइलाको समस्या हटाउनका लागि उद्योग व्यवस्थापनले कोइला खरिदका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ।

कोइला आपूर्ति हुनासाथ क्लिंकर उत्पादन हुने उनले बताए। उद्योगद्वारा उत्पादित सिमेन्ट भने बिक्री भइरहेको छ। कोइलालगायत विभिन्न कारणले गत असोजदेखि सिमेन्टको उत्पादन बन्द रहेको सो उद्योग माघको पहिलो हप्ताबाट सञ्चालनमा आएका हो। अहिले क्लिंकरबाहेक सिमेन्ट उत्पादन भइरहेको छ।

दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योगको पुरानो मेसिनरी समस्या, बजार समस्या, प्रतिस्पर्धामा कमीलगायत नयाँ प्रविधि र जनशक्तिको अभावले गर्दा उत्पादन आफ्नो क्षमताअनुसार नहुँदा उद्योग विगत चार आर्थिक वर्षदेखि घाटामा छ। उद्योगले चालु आर्थिक वर्षको छ महिनामा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट बिक्री गरेको छ। साउनमा ४८ हजार नौ सय ५५, भदौमा ४५ हजार पाँच सय १०, असोजमा ५१ हजार चार सय ८२, कात्तिकमा २२ हजार तीन सय ८७, मंसिरमा २५ हजार तीन सय ३७ तथा पुसमा ५५ हजार सात सय ८५ बोरा सिमेन्ट उत्पादन गरेको उद्योगले जनाएको छ।

हाल त्यहाँ प्राविधिक तथा प्रशासनिक र ज्यालादारी गरी करिब तीन सय कर्मचारी तथा कामदार कार्यरत छन्। २०३३ सालमा एसियाली विकास बैंकको सहयोगमा उद्योग स्थापना गरिएको हो। 
 

kumari

प्रकाशित: Mar 12, 2024| 08:00 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्