शुक्रबार, जेठ ४, २०८१

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मह जोडी

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

काठमाडौं- नेपाल टेलिकमको 'ब्रान्ड एम्बेसडर'मा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन्। हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाएका मह जोडीलाई टेलिकमले आगामी एक वर्षका लागि 'ब्रान्ड एम्बेसडर' नियुक्त गरेको हो ।

triton college

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आइतवार आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका छन्।

सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्वपूर्ण रहेको बताइन्। ब्रान्ड एम्बेसडरमार्फत कम्पनीका विभिन्न सेवाहरूका बारेमा जनतालाई समयमै सु-सूचित गर्ने कार्यमा सहयोग पुग्ने उनको विश्वास छ।

कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय श्रेष्ठ र आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए।

मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ट पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरूको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रुपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरूको प्रबर्द्धन गरी सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने कम्पनीको अपेक्षा छ।

corrent noodles
Metro Mart

 

प्रकाशित: Mar 10, 2024| 12:42 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्