बिहीबार, चैत २६, २०८२

नेशनल लाइफ इन्स्योरेन्स ३७औं वर्षमा प्रवेश

 |  शुक्रबार, फागुन ११, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ११, २०८०

National life
kumari

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ३६ औँ वर्ष पुरा गरी ३७ औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो ३७ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ। 

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो। त्यस्तै देशभरमा ५३ वटा बाल र वृद्धाश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ। अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गरिएको छ। 

विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको कम्पनीले जनाएको छ। संस्थापक समूह र सर्वसाधारण समूहको ५५:४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीले सेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ। कम्पनीको जीवन बीमा कोषमा रु.७१ अरबको हाराहारीमा रकम जम्मा भएको छ। आर्थिक वर्ष २०७८/०७९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। 

प्रकाशित: Feb 23, 2024| 17:12 शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्