शनिबार, भदौ १३, २०८३

नेप्से २७ अंकले घट्यो, पौने चार अर्बको कारोबार

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से उच्च अंकले गिरावट आएको छ। दिनभरजसो उतारचढावपूर्ण हुँदै २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा झरेको हो।
आज २२५ कम्पनीको सेयर घट्यो भने २१ कम्पनीको सेयर मात्रै बढ्यो। दुई कम्पनीको सेयर भने स्थिर रह्यो।

आइतबार एक करोड ७ लाख ७२ हजार ४ सय ८३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६ रुपैयाँको सेयर कारोबार भयो। नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भएका छन्। सेन्सेटिभ सूचक ३.३५ अंकले घट्यो। फ्लोट सूचक १.८६ अंक र सेन्सेटिभ फ्लोट सूचक पनि १.०२ अंकले घट्यो। आज नेप्सेका १३ वटै उपसमूह घट्यो। सबैभन्दा धेरै घट्ने उपसमूहमा निर्जीवन बीमा रह्यो।

जीवन बीमातर्फको उपसमूह १३९.४७ अंक र विकास बैंकतर्फको उपसमूह पनि ६९.३१ अंकले घट्यो। सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा बोटलर्स कम्पनी र समाज लघुवित्त रह्यो। दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

किसान लघुवित्त कम्पनी र युनियन  हाइड्रोपावर कम्पनीको सेयर पनि क्रमश: ८.२२ प्रतिशत र ६.६५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा सामलिङ पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ८.२१ प्रतिशतले घट्यो। त्यसैगरी दोर्दी खोला जलविद्युत कम्पनीको सेयर पनि ६.१५ प्रतिशत र पाँचथर पावर कम्पनीको सेयर पनि ५.९१ प्रतिशतले घटेको छ।

प्रकाशित: Feb 18, 2024| 15:35 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्