बिहीबार, वैशाख २०, २०८१

सहकारी विभागमा पीडितको प्रदर्शन

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सहकारी पीडितहरुले सहकारी विभाग परिसरमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आइतबार बानेश्वरस्थित विभाग परिसरमा विभिन्न माग राख्दै प्रदर्शन गरेको हो।

अभियानले हालै संसद्‍बाट पारित भएको सम्पत्ति शुद्धिकरण र सहकारी सम्बन्धि विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्न नहुने बताएको छ। ऐन प्रमाणिकरण भए सहकारी सञ्चालक लगायत अन्य गलत तरिकाले कमाएको सम्पत्ति आयकर तिरेर शुद्धिकरण गर्न पाउने भएकाले कमिसनखोरी तथा अनैतिक तरिकाको कमाई सहकारीमा लुकाउने बाटो खुला हुने र त्यसले थप संकट निम्त्याउने तर्क अभियानले गरेको छ।

अभियानले सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापना, स्वचालित व्याजदर, सहकारी ठगीलाई पनि नैतिक पतन देखिने अपराधमा समावेश गरिनुपर्ने, ५० करोडभन्दा बढीको कारोबार राष्ट्र बैंक अन्तर्गत अनुगमन हुनुपर्ने, सहकारीको वर्गीकरण गरिनुपर्ने लगायत माग राखेको छ।

प्रकाशित: Feb 18, 2024| 14:32 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्