शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सभाले सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन पारित गरेको छ।

यसैगरी आव २०७९/०८० को सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडसहितको एकीकृत वित्तीय विवरणहरु, लेखापरीक्षक नियुक्तिका साथ सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश पारित गरिएको कम्पनीले जनाएको छ।

कम्पनीमा पहिलोपटक सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा डा. भिष्म कार्की र दिवेश लोहनी निर्वाचित भएका छन्। यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्ब ६४ करोड पूरा भएको कम्पनीले जनाएको छ।

प्रकाशित: Feb 15, 2024| 13:45 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्