बिहीबार, वैशाख २७, २०८१

वैशाखमा 'आवास र निर्माण नेपाल २०८१' हुने

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

आगामी वैशाख २७ देखि ३० सम्म भृकुटीमण्डपमा आवास र निर्माण नेपाल २०२४ (हाउजिङ एन्ड कन्स्ट्रक्सन नेपाल) सञ्चालन हुने भएको छ। हाउस अफ राजकर्णिकारले आयोजना गर्ने हाउजिङ, भवन र निर्माणसम्बन्धी एक्स्पोको यो तेस्रो संस्करण हुनेछ।

triton college

आवास र निर्माण नेपाल २०२४ बजारमा विश्वास देखाउने र क्रेतामा विश्वास जगाउन ठूलो अवसर हुने आयोजकको भनाइ छ।आवास र निर्माण नेपाल २०२४ नेपालमा आवास, निर्माण र पूर्वाधार क्षेत्रको विशाल आकार, वृद्धि र सम्भावनाबाट प्रेरित रहेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल ल्यान्ड हाउजिङ डेभलपर्स एसोसिएसन (एनएलएचडीए)का अनुसार नेपालमा वार्षिक १ लाख ४० हजार घरको माग छ। तर, नेपालले वार्षिक करिब २५ हजार घर मात्र निर्माण गर्न सक्ने अवस्था छ।

नेपाल राष्ट्र बैंक (२०१८) का अनुसार नेपालमा घरजग्गा र आवास क्षेत्रमा ८८ अर्ब बढी लगानी भएको छ। केन्द्रीय बैंकले नेपालको कुल गार्हस्थ उत्पादनमा आवास क्षेत्रको योगदान ८ प्रतिशत रहेको अनुमान गरेको छ।

आवास र निर्माण नेपाल २०२४ ले क्रेता–बिक्रेता जलपान जमघट, आवासीय निर्माण क्लिनिक र उद्योग अन्तरक्रिया मञ्चमा पूर्वाधार टेन्डर बोलपत्रको कला र विज्ञान, राष्ट्रिय भवन संहिता अनुपालन र ग्रिन बिल्डिङ प्रमाणीकरणलगायत विषय प्रस्तुत गर्नेछ।

corrent noodles
Metro Mart

आवास र निर्माण नेपालले साना व्यवसाय र व्यक्तिगत बिक्रेतालाई लक्षित गर्दै मात्र १२,००० को न्यून शुल्कमा रियलस्टेट मार्ट स्टल पनि उपलब्ध गराउनेछ। आवास र निर्माण नेपाल २०२४ ले लगभग १७५ प्रदर्शक हुने र करिब २५,००० आगन्तुक सहभागी गराउने अपेक्षा आयोजकको छ।

प्रकाशित: Feb 15, 2024| 13:03 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्