बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको आवास योजना, १० वर्षसम्म ९.९९ प्रतिशत ब्याजमा कर्जा

ग्लोबल आइएमई बैंकको आवास योजना, १० वर्षसम्म ९.९९ प्रतिशत ब्याजमा कर्जा

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

ग्लोबल आइएमई बैंकले ‘निश्चिन्त आवास योजना’ (घरकर्जा) अफर ल्याएको छ। यो योजनाअन्तर्गत १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ।

triton college

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त यो योजना सार्वजनिक गरेको हो। साथै, उक्त विशेष घरकर्जा योजनाअन्तर्गत अन्य बैंक–वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकले सहजै कर्जा सार्नसमेत सक्ने बैंकले जनाएको छ।

यस विशेष घरकर्जा योजनाअन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मका लागि १०.४९ प्रतिशत ब्याजदरमा र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घरकर्जा लिन पाउनेछन्। यो सुविधा देशभरका बैंकका शाखाबाट लिन सकिने बताइएको छ।

बैंकले ग्राहकलाई छिटो–छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजात पेस गरेको दुई कार्य दिनभित्र कर्जा प्रवाह गर्ने बताएको छ। यो योजना सीमित अवधिका लागि रहनेछ। बैंकले देशभरका तीन सय ५६ शाखा कार्यालय, तीन सय ७८ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Feb 15, 2024| 12:29 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्