काठमाडौं- नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसहित दुईजना केन्द्रीय नेता नेकपा एमाले प्रवेश गरेका छन्। पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ मंगलबार एमाले प्रवेश गरेका हुन्।
दुवै नेतालाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले पार्टी प्रवेश गराए। उनीहरु दुवै तनहुँका हुन्।