आइतबार, कात्तिक १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा [पूर्णपाठ]

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा [पूर्णपाठ]

 |  सोमबार, माघ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २९, २०८०

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०-८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने गरी मौद्रिक व्यवस्थापन गरिने नीति लिइएकोमा पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत कायम भएको छ। 

यस्तै वार्षिक बिन्दुगत आधारमा पुसमा उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ। यसैगरी चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा पुस मसान्तमा १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम भएको छ।

चालु खाता बचतमा रहेको र शोधनान्तर बचत उल्लेख्य बढेको कारण विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको बैंकको भनाइ छ। 

प्रकाशित: Feb 12, 2024| 19:33 सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्