बुधबार, पुस २, २०८२

कांग्रेस आर्थिक उपसमिति संयोजक र सदस्य चयन

 |  सोमबार, माघ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २९, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-:  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गते प्रारम्भ हुने पार्टी महासमितिको बैठक तयारीका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्यहरू चयन गरेका छन्।
 
महासमितिको बैठक तयारीको मूल समितिका संयोजक उहाँले आज “आर्थिक उपसमिति” को संयोजकमा पार्टीका केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा तथा सदस्यहरुमा केन्द्रीय सदस्यद्वय उमेश श्रेष्ठ र मोहन आचार्य, बागमती प्रदेशका सभापति  इन्द्रबहादुर वानियाँ र सङ्खुवासभा कांग्रेसका सभापति दीपक खड्कालाई मनोनयन गरेका हुन्।
 
सभापति देउवाले महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी उपसमितिले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास लिएको उल्लेख गरेका छन्।

प्रकाशित: Feb 12, 2024| 20:30 सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्