शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

 |  सोमबार, माघ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २९, २०८०

काठमाडौं – नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सानिगाडको प्रतिसेयर एक सय रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयरबापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ।

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने छ। ६ महिनाभित्र सेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ।

प्रकाशित: Feb 12, 2024| 20:00 सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्