बिहीबार, असार ११, २०८३

राम्रा खेलाडी विदेश पलायन हुँदा ओली चिन्तित

 |  सोमबार, माघ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २९, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रा खेलाडीहरु विदेश पलायन भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले स्वदेशमै राम्रो वातावरण बनाउन सके खेलाडी पलायनलाई रोक्न सकिने बताए।

National life

सोमबार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा अध्यक्ष ओलीले राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु धेरै रहेकाले पलायनको अवस्था आएको बताए। उनले खेलाडीहरुलाई देशमै रोक्नका लागि उपयुक्त वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने बताए।

‘राम्रो खेलाडीहरुका लागि विदेशमा धेरै अवसर हुन्छ। तर हामीले आफ्नो स्ट्याण्डर्ड बढाउनुपर्छ। आफ्नो टिमले अन्तर्राष्ट्रिय खेलहरु जित्नुपर्छ,' उनले भने, 'यहीँ राम्रो वातावरण बनाउनुपर्छ। त्यसो हुँदा खेलाडीहरु बाहिर जाँदैनन्।'

ओलीले आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माणमा निकै प्रयास भएको दाबी गरे। उनले भने, 'म प्रधानमन्त्री भएको बेलामा दशरथ रंगशाला बनेको थियो, अन्य थिएन। भत्किएको दशरथ रंगशाला बनाइयो। जनकपुर, पोखरामा अर्को रंगशाला बनाइयो। खेलाडीहरुका लागि राम्रो वातावरण बनाइयो। यही खेल पनि हामी सरकारमा भएका बेलामा टक्सारबाट जमिन खेलकुद परिषद्का नाममा सारेर यो फुटबल मैदान बनाएको हो। हामीले बनाएको हो, मान्छेलाई मन नपरेर के गर्ने ?'

उनले नेकपा एमालेले सरकारमा हुँदा गरेका राम्रा कामहरु पचाउन अझै कठिन भइरहेको टिप्पणी गरे।

Shivam cement

प्रकाशित: Feb 12, 2024| 18:00 सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्