बिहीबार, असार ११, २०८३

केपी ओली सुध्रिए माधव नेपालले मिठाई बाँड्ने

 |  सोमबार, माघ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २९, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिठाई बाँड्ने बताएका छन्। एकीकृत समाजवादीको मधेश प्रदेश समितिको बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली सुध्रिने कुनै सम्भावना नरहेको बताए।

National life

अहंकारवादी र सर्वसत्तावादी चिन्तन हावी भएका कारण आफू एमालेबाट अलग हुनुपरेको उनको भनाइ थियो। उनले भने, “ओलीमा अहिले पनि अहंकारवादी चिन्तन भरिएको छ, सुध्रिने कुनै सम्भावना छैन। ओली सुध्रिए भने म मिठाई बाँड्छु।”

एकीकृत समाजवादी स्थापना गर्दा आफूलाई छाडेर ओलीतिर लाग्नेहरूको अहिले बिजोग भएको नेपालको भनाइ थियो। “उनीहरूको अहिले एमालेमा बेहाल भएको छ,” नेपालले भने। अहिलेको गठबन्धन संविधान र जनताको अधिकारको रक्षाको लागि नै गरिएको उनको दाबी थियो। गठबन्धन तोड्न विभिन्न खालका षड्यन्त्र भइरहेको नेपालले जिकिर गरे।

हालैमात्र एमाले अध्यक्ष ओलीले अर्कोपल्ट माधव नेपालले चुनाव नजित्ने बताएका थिए। बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव नेपाललाई अब जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्को पटक चुनाव नजित्ने बताएका हुन्। माधव नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियावादीहरूको मतियार भएर अरूको सरकार बनाउँदै पछि पछि हिँडेको समेत बताए।

अध्यक्ष ओलीले माधव नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमवश माधव नेपालको पार्टीमा गएकालाई फिर्ता आउन आह्वान समेत गरे। माधव नेपालले आफूसँग बोलचाल छैन भन्दै हिँडेको उल्लेख गर्दै ओलीले त्यसले आफूलाई कुनै फरक नपर्ने बरु रौतहटकै जनतासँग बोल्न बन्द गर्न सुझाव दिए।

Shivam cement

एमाले फुटेयता दुई नेताबीच सम्बन्ध चिसिएको छ। दुवैले सार्वजनिक रुपमै एक अर्काको आलोचनाा गर्दै आएका छन्।

प्रकाशित: Feb 12, 2024| 17:27 सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्