काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन ३ गते बिहीबार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय बी. पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै आगामी फागुन ७-१० गते ललितपुरको गोदावरीमा हुने महासमितिको बैठक सम्बन्धमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।