बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै भयो : मन्त्री गुरूङ

भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै भयो : मन्त्री गुरूङ

 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको बताएका छन्।

National life

उनले नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आइतबार चितवनमा गरेको कार्यक्रममा वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण रहे पनि वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको तर पूरै राम्रो भने भई नसकेको बताए।

उनले भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै हुने गरेको धारणा राखे। उनले न्यायालय स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालय स्वतन्त्र रहेको भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने धारणा राखे।

उनले सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको बताउँदै राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट दिने नगर्ने स्पष्ट पारे।

कांग्रेसका उपसभापति मन्त्री गुरुङले समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको निराशाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 11, 2024| 20:00 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्