बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • 'मुख्यमन्त्री कार्कीले 'ब्याक बेन्चर'को विषयमा दिएको अभिव्यक्तिका लागि माफी माग्‍नुपर्ने'

'मुख्यमन्त्री कार्कीले 'ब्याक बेन्चर'को विषयमा दिएको अभिव्यक्तिका लागि माफी माग्‍नुपर्ने'

 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले 'ब्याक बेन्चर' का विषयमा दिएको अभिव्यक्तिका लागि माफी माग्‍नुपर्ने भन्दै कर्मचारीरुले असन्तुष्टि जनाएका छन्। सार्वजनीक मञ्चमा पदीय हैसियत बिर्सेर बेलगाम बोल्दै आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको निजामती कर्मचारीहरुले आलोचना गरिरहेका छन्।  

National life

उनले राष्ट्रसेवक कर्मचारीको आत्मसम्मानमा चोट पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चारवटा संगठनले कार्कीले क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

गत सोमबार मोरङको सुन्दरहरैचास्थित साँजीलाल माध्यामिक विद्यालयको ५८ औ वार्षिक उत्सवका क्रममा आफू विद्यार्थीकालमा कक्षामा सधैँ लाष्ट बेञ्चमा बस्ने र फष्ट बेञ्चमा बस्नेको बखान गरेका थिए।

बखानका क्रममा उनले आफ्नो विद्यार्थीकालमा फष्ट बेञ्चर खरिदार भएर भुँडीमात्र भर्न ठिक्क भएको र आफू लाष्ट बेञ्चर भएर पनि मुख्यमन्त्री बन्न सफल भएको अभिव्याक्ति दिएका थिए। उक्त अभिव्यक्ति सच्याउन कर्मचारी संघ र संगठनले कार्कीलाई आग्रह गरेका छन्।

'म कक्षामा बस्ने लाष्ट बेन्चर हुँ, फष्ट बेन्चमा बस्नेले केवल लेख्न र पढनमात्र जान्यो,' उनले भनेका थिए, 'कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्र जान्यो, उ अहिले खरिदार छ, म मुख्यमन्त्री छु।, यही अभिव्यक्तिका कारण कार्की यसबेला सामाजिक सञ्जालमा छाएका मात्र छैनन् उनी निजामती कर्मचारीका विभिन्न चार संगठनको आलोचनाका पात्र पनि बनेका छन्।

कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कोशीका अध्यक्ष मानबहादुर बन, एमाले निकट निजामती कर्मचारी संगठन कोशीका अध्यक्ष काशीराज पराजुली, माओवादी केन्द्र निकट कर्मचारी संगठन कोशीका अध्यक्ष रुद्र सुवेदी र नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठन कोशीका कार्यवाहक अध्यक्ष योगेश्वर खनालले संयुक्त रुपमा विज्ञप्ति जारी गरी मुख्यमन्त्री कार्कीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, अपरिपक्व र आपत्तिजनक भएको उल्लेख गर्दै क्षमायाचनाको माग गरेका छन्।

kumari

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुःखी बनाएको छ। विज्ञप्तिमा भनिएको छ, 'सबैभन्दा ठूलो लोकतान्त्रिक दलबाट प्रदेशसभामा अत्यधिक मतसहित निर्वाचित भएर मुख्यमन्त्री बनेका कार्कीले कर्मचारीका सम्बन्धमा दिएको गैह्र जिम्मेवारी र आपत्तिजनक अभिव्यक्तिले समग्र राष्ट्रसेवक कर्मचारीहरूको मानमर्दन भएकोमा हामी आपत्ति व्यक्त गर्छौं।

मुख्यमन्त्रीले आफ्नो अभिव्यक्ति प्रति क्षमायाचना नगरे आफूहरू संयुक्त रुपमा आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'आम निजामती कर्मचारीको योग्यता र क्षमताको मानमर्दन हुने गरी व्यक्त अभिव्यक्ति प्रति घोर निन्दा र आलोचना गर्दै उत्तेजनामा आएर गरिएको अपरिपक्व अभिव्यक्ति फिर्ता लिएर राष्ट्रसेवकको मानमर्दनमा पुगेको चोटप्रति क्षमायाचना गर्न मुख्यमन्त्रीलाई आग्रह गर्छौं।'

प्रकाशित: Feb 11, 2024| 16:12 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्