बुधबार, चैत २५, २०८२

नेकपा महासचिव विप्लवलाई एकपल्ट प्रधानमन्त्री बन्ने इच्छा

 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई ५ वर्ष सरकारको नेतृत्व दिन दलहरुसँग आग्रह गरेका छन्।

National life

सरकारको नेतृत्व पाए आफूले देशमा धेरै परिवर्तन गर्नसक्ने दाबी गर्दै उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट भएपनि आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए।

शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा उनले जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भए पनि आफूलाई सरकारको नेतृत्व दिन आग्रह गरे। देशमा स्थिरता, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चितताका लागि आफू सरकारमा हुनुपर्ने विप्लवले बताए। ‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने मन छ,’ उनले भने।

विप्लवले २० औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको बताए। सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहेपनि देशलाई निकास दिने नेपाली विशेषताको समाजवाद नै भएको उनको दाबी छ। पुँजीवादकै कारण अदालत, अख्तियार र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको उनको तर्क छ।

विप्लवले माओवादी सहित सबैजसो दलका नेताहरुमा श्रम संस्कार हराउँदै गएको उल्लेख गर्दै नेपाली युवालाई विदेश पलायन गराएर समाजवादको आधार खडा गर्न नसकिने बताए।

kumari

प्रकाशित: Feb 10, 2024| 18:38 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्