पोखरा- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्। पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ सरकार बनेको एक वर्षसम्म पनि कुनै काम हुन नसकेको बताएका हुन्।
'जोगी त धेरै आए, तर सबैका कान चिरेकै रहेछन्। त्यसो हुनाले यो देशमा अर्को ठुलो आमूल परिवर्तन आवश्यक छ,' उनले भने, 'यो सरकारसँग मान्छेले आस गर्न छोडेका छन्। सरकारले जनतामा आसा जगाउन सकेन।' गठबन्धन सरकार मौसमको उपज भएको उनको तर्क छ। 'यो गठबन्धन मौसमको उपज हो। खास मौसममा उत्पत्ति भएको हो,' उनले भने, 'यसबाट खास अपेक्षा गर्न सकिएन। अब कोर्स परिवर्तन गरेर जानुपर्छ।'
उनले कृषि, उद्योग लगायत क्षेत्रमा प्रभावकारी काम हुनुपर्ने बताए।