काठमाडौं- नेपाली कांग्रेसको महासमिति प्रचारप्रसार उपसमितिमा ७ जना पत्रकार चयन भएका छन्।
नेपाली कांग्रेसको आगामी फागुन ७-१० गतेसम्म हुने महासमिति बैठकको प्रचारप्रसारका लागि पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिमा ७ सदस्य चयन गरिएको हो।
जसमा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरी, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष बद्री सिग्देल, नेपाल प्रेस युनियनका पूर्वकोषाध्यक्ष सरोज अधिकारी, पत्रकार रोजी पराजुली, नेपाल प्रेस युनियन काठमाडौंका अधयक्ष महेश गौतम, ललितपुर अध्यक्ष केदारनाथ दाहाल, भक्तपुर अध्यक्ष जगत प्रजापति रहेका छन्।
कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा हुने भएको छ।