आइतबार, कात्तिक १, २०८३

देउवाले भने- सुन्‍ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् 

 |  शुक्रबार, माघ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। 

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले लामो भाषण गर्नेहरूप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरू खाली भएपनि नेताहरू भाषण गरिरहेको देखिएको बताए। 

उनले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे। उनले नेताहरू आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए। 

देउवाले भने, 'मान्छे बाँकी कोही छैन, के बोल्नु। के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खाली भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ। कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। एकजना बसेको हुन्छ। अनि धन्यवाद है तपाईं त लास्टसम्म बस्नुभयो भन्छन्। तपाईंको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो। माइक मैले दिएको हो भन्ने बेला छ।'

सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा धेरै महत्त्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए। 
 

प्रकाशित: Feb 09, 2024| 16:53 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्