बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रविलाई लक्षित गर्दै गगनले भने- ‘जादुगर हुँ’ भन्दै संविधानमाथि प्रहार गरिरहेका छन्

रविलाई लक्षित गर्दै गगनले भने- ‘जादुगर हुँ’ भन्दै संविधानमाथि प्रहार गरिरहेका छन्

 |  शुक्रबार, माघ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरूबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन्। शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। 

National life

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरूलाई मेटाउने काममा लागेको बताए। उनले आफू जादुगर हुँ भन्दै आउनेहरू लोकरिजाइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए। संविधानमाथि प्रहार गर्नेहरूलाई चिनेर चिरफार गर्नुपर्ने उनको भनाइ थियो। 

विगतको अँध्यारोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम गरिरहेको बताए।

उनले भने, 'आज संविधानमाथि भएका प्रहार कहाँबाट आएका छन्। एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन्। तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएको हो। तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ। तिनीहरू हिजोको अँध्यारोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ। त्यो पुनःरुत्थानवादी प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ।' 

महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए। देश सम्हाल्ने काम कांग्रेसको भएको उनले बताए।

kumari

प्रकाशित: Feb 09, 2024| 16:48 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्