बुधबार, चैत २५, २०८२

वैशाखमा हिमालयन हाइड्रो एक्स्पो हुने

 |  शुक्रबार, माघ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

लगानी सम्मेलन २०२४ लाई समेत सहयोग हुने गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ गरिने भएको छ।

National life

आगामी वैशाख १६ र १७ गते सरकारले तेस्रो संस्करणको लगानी सम्मेलन गर्दै छ, त्यसलाई समेत सहयोग पुग्ने गरी वैशाख १२ देखि १४ सम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो गर्न लागिएको हो। ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो। आयोजना संस्थाहरूले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक्स्पोको तयारीको काम द्रुत गतिमा अघि बढेको बताए।

इप्पान अध्यक्ष गणेश कार्कीले १२ वर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने सरकारी लक्ष्यलाई सहयोग गर्ने गरी सम्मेलन गर्न लागेको बताए। समग्र ऊर्जा विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ।

यस्तै, इप्पान उपाध्यक्ष आशिष गर्गले लगानी सम्मेलनलाई समेत सहयोग पुग्ने गरी एक्स्पो गरिने बताए। नेपालका साथै विभिन्न मुलुकका ऊर्जा सम्बद्ध व्यक्ति तथा संस्थाबीच पारस्परिक सहकार्यमा समेत एक्स्पोले सहजता ल्याउने इप्पानका महासचिव बलराम खतिवडाको विश्वास छ। जलविद्युत्को बजार विस्तारका साथै बाह्य लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने इप्पानको योजना रहेको खतिवडाले बताए।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान–प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ।  एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डन्डीलगायत २०० स्टल रहने र तीमध्ये झन्डै ५० प्रतिशत विदेशी स्टल हुने इप्पानको भनाइ छ। एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। एक्स्पोबाट २५ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय व्यवस्थापन, निर्माण उपकरण तथा प्रविधिको आदान–प्रदान हुने इप्पानको अपेक्षा छ।

kumari

प्रकाशित: Feb 09, 2024| 18:19 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्