शनिबार, भदौ १३, २०८३

क्यानडामाथि नेपालको रोमाञ्चक जित

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

काठमाडौं- क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ। आज बिहीबार काठमाडौंमा सुरु भएको तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले ७ रनको जित दर्ता गरेको हो।

नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बल नसकिँदै २ सय १७ रनमा समेटिएको हो। कप्तान रोहित पौडेलले ४ विकेट लिएपछि नेपालको जित सम्भव भएको हो।

अन्तिमतिरका १५ ओभर सम्हालिएर खेल्न नसक्दा क्यानडा पराजित हुन पुगेको हो। क्यानडाका लागि सागर सिंह र निकोलस किर्टोनले अर्धशतक प्रहार गरे। सिंहले ५८ बलमा ५० रन र किर्टोनले ९९ बलमा ६८ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि रोहित पौडेलले चार, ललित राजवंशीले दुई, सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले एक–एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर २२४ रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेलले अर्द्धशतक प्रहार गरे। उनले ५८ बलमा ६२ रन बनाए।

त्यस्तै, आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाए। क्यानडाका लागि उदय भगवान्‌ले तीन, साद विन जाफर र ईश्वरज्वत सोहीले दुई-दुई तथा शहिद अहमदजाइ र हर्ष ठाकेरले एक-एक विकेट लिए।

प्रकाशित: Feb 08, 2024| 16:49 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्