सोमबार, मंसिर २९, २०८२

सांसद विकास कोष 'ब्युँताउने' भ्याकेट निवेदन सदर

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

काठमाडौं- सांसद विकास कोष खारेज गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध परेको भ्याकेट निवेदन सदर भएको छ।

National life

बुधबार सर्वोच्चको संवैधानिक इजलासले‍ सांसद विकास कोष खारेज गर्ने अन्तरिम आदेशविरुद्धको भ्याकेट निवेदन नियमानुसार पेस गर्न आदेश दिएको हो।

निवेदन पेस भएसँगै अब सांसद विकास कोष खारेज गर्ने अन्तरिम आदेशविरुद्ध निवेलनमा सुनुवाइ हुने भएको छ। सर्वोच्चले गएको भदौ ६ मा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च नगर्न अन्तरिम आदेश दिएको थियो।

अन्तरिम आदेश खारेजी माग गर्दै संघीय संसद्‌का तर्फबाट संघीय संसद् सचिवालयका सहसचिव लक्ष्मी प्रसाद गौतमले निवेदन दिएका थिए।

प्रकाशित: Feb 07, 2024| 19:00 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्