सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • फागुन ६ गतेको प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई सांसदले प्रश्‍न सोध्‍ने

फागुन ६ गतेको प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई सांसदले प्रश्‍न सोध्‍ने

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

काठमाडौं- संघीय संसद्को तेस्रो अधिवेशनको सुरुमै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबा उक्त कार्यक्रम हुने जानकारी गराए। उनले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सो प्रश्नोत्तर कार्यक्रम तय गरिएको पनि बताए।

National life

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरूले आगामी फागुन २ गते अपरान्ह ३ बजेभित्र संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयसमक्ष आफ्नो प्रश्न लिखित रुपमा उपलब्ध गराउन पनि सांसदहरुलाई सूचित गरिएको छ।

‘प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम यही २०८० साल फाल्गुन ६ गतेको बैठकमा हुने गरी निर्धारण गरेको व्यहोरा जानकारी गराउँछु। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको छ। समूह ३ का माननीयहरूले यस महिना प्रश्न सोध्न नियमावलीको नियम ५८ बमोजिम फागुन २ गतेभित्र संघीय संसदको महासचिवसमक्ष लिखित रुपमा दिनु होला।’

प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था नियमावलीमा छ। त्यहीअनुसार आगामी फागुन ६ गते पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो।

प्रकाशित: Feb 07, 2024| 18:40 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्