सोमबार, मंसिर २९, २०८२

वर्षमानले भने - राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको दाबी रहन्छ

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा आफूहरूको दाबी रहने बताएका छन्।

National life

बुधबार बसेको प्रतिनिधि सभाको बैठकका क्रममा संसद् भवन परिसरमा पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्। 

‘राष्ट्रिय सभा अध्यक्ष प्राकृतिक रुपले माओवादी केन्द्रले दाबी गर्छ। यसमा हाम्रो दाबी रहन्छ’, उनले भने, ‘कोसी प्रदेशमा सत्ता गठबन्धन सफल भएन। अहिलेको शक्ति सन्तुलन मिलाउन पनि माओवादीले राष्ट्रिय सभाको अध्यक्ष पाउन पर्छ।’

पुनले कांग्रेसबाट राष्ट्रपति, एमालेबाट सभामुख र रास्वपा उपसभामुख रहेकाले राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबीलाई स्वभाविक भने। 

तर, पुनले गृहमन्त्री कांग्रेसले लिने केही कुरा नभएको बताए। ‘गृहमन्त्री कांग्रेसले लिने कुरा भएको छैन। राष्ट्रिय सभा अध्यक्ष र मन्त्रीपरिषदको कुरा बेग्लै हो’, उनले भने। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 07, 2024| 18:26 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्