शुक्रबार, असार १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको संलग्नताबारे संसद्‍मा सवाल

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको संलग्नताबारे संसद्‍मा सवाल

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०
National life
Shivam cement

काठमाडौं- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको संलग्नता रहेको दाबी गरेका छन्। यस सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न उनले कांग्रेसको ध्यानाकर्षण गराए।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद सुवालले उद्योगीको भेषमा चौधरी ग्रुपले बाँसबारीको जग्गा हडपेको सम्बन्धमा कांग्रेसको धारणा माग गरेका हुन्। ‘उद्योगी व्यापारीको भेषमा चौधरी ग्रुपका अरुण चौधरीले तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा हत्याएको र सो विषयमा यस संसद्का सदस्य (विनोद चौधरी) समेतको संलग्नता भएको हुनाले सम्बन्धित दल नेकाले स्पष्ट पार्न अनुरोध गर्दछु,’ सुवालले भने।

बाँसबारीको जग्गा हत्याउनका लागि खडा गरिएको च्याम्पियन फूटवेरको शेयर सदस्य विनोद चौधरीको सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत छानबिन गरिरहेको छ । बुधबार नै संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्नेलाई कारबाही गर्नुपर्ने बताएका थिए।

प्रकाशित: Feb 07, 2024| 14:54 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्