सोमबार, मंसिर २९, २०८२

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका चौधरीसहित तीनजना छुटे

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका उद्योगी-व्यवसायी अरूण चौधरीसहित तीनजना हाजिर जमानीमा छुटेका छन्।

National life

सरकारी जग्गा निजी बनाएको मुद्दामा पक्राउ परेका तीनैजना आज छुटेका हुन्। तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर पक्राउ परेका थिए।

तीनै जनालाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिरासतमुक्त गरेको छ। उनीहरूलाई सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो। न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागु हुने गरी दुई दिन म्याद थपेको थियो। यो दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न भनिएको थियो।

त्यसअनुसार बुधबार सरकारी वकिल कार्यालयमा हाजिर गराएर तीनै जनालाई छाडिएको हो। दुई दिनमा अनुसन्धान नसकिने भएकाले प्रहरीले उनीहरूलाई हिरासतमुक्त गरेको हो।  उनीहरूलाई सिआइबीले गत बुधबार पक्राउ गरेको थियो।

सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो। बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडलाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाएको पाइएको सिआइबीले जनाएको छ।

Laxmi sunrise bank
kumari

गत बिहीबार पत्रकार सम्मेलन गर्दै सिआइबीका एसएसपी दिनेश आचार्यले उक्त स्थानमा रहेको १० रोपनी मात्रै नभएर १८ रोपनी जग्गा नै निजीकरण गर्न खोजिएको बताएका थिए। जग्गा हडप्नका लागि बाँसबारीमा च्याम्पियन फुटवेयर लिमिटेड खडा गरिएको समेत सिआइबीले बताएको छ।

प्रकाशित: Feb 07, 2024| 12:29 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्