सोमबार, मंसिर २९, २०८२

गगनको गुनासो- सरकारले अझै लय समात्न सकेन

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले जनतामा विश्वास गुम्दै गएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै महामन्त्री थापाले अहिले अड्डा-अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको पाइएको बताए।

उनले भने- 'संसद् र सरकारले आ-आफ्नो जिम्मेवारी निर्वाह गरौं। साना साना कामहरू गरौं, त्यसले आम नागरिकहरूले केही परिवर्तन भएको महसुस गर्छन्। टुटेको भरोसालाई जागृत गराउँछ। म १२-१३ दिन डुलेर आएँ अभियानको क्रममा। पहिले पनि हिँडेको थिएँ अहिले पनि डराएको छैन। तर कता कता मनभित्र चिन्ता लागेको छ- भरोसा गुम्दै गइरहेको छ।'

उनले जनतामा गुम्दै गइरहेको विश्वासलाई पुनर्स्थापित गर्नुपर्ने जिम्मेवारी सबैको भएको बताए। सरकारले कतिपय कमजोरीलाई स्वीकार गरेर नयाँ गर्ने संकल्प गरे पनि अझै लय भने समात्न नसकेको उनको भनाइ छ। उनले भने- त्यसको सबैभन्दा बढी जिम्मेवारी लिनुपर्ने सरकारले नै हो। सरकार सञ्चालन गर्ने कुरामा सरकारको नेतृत्व गर्नेले सबैलाई सँगै लिएर हिँड्नुपर्छ। प्रधानमन्त्रीको कतिपय कमजोरीलाई स्वीकारेर नयाँ गर्ने संकल्प गर्नुभएको छ। प्रयास गर्न खोजिएको छ तर लय समात्न सकेको छैन।'

प्रकाशित: Feb 07, 2024| 12:21 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्