सोमबार, मंसिर २९, २०८२

६१ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

काठमाडौं- बाराबाट नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन्।

National life

जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय राम चन्द्र महत्तोलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महत्तोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Feb 07, 2024| 11:38 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्