आइतबार, कात्तिक १, २०८३

यस्तो छ आजको मौसम

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

काठमाडौं- हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेकाले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो पनि लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने  गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: Feb 07, 2024| 08:57 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्