शनिबार, भदौ १३, २०८३

पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०

भारतको मध्य प्रदेशमा पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन्।

मध्य प्रदेशको हरदा सहरमा रहेको पटाका कारखानामा मंगलबार बिहान १० बजेतिर आगलागी भएर विस्फोट भएको थियो। विस्फोटले वरपरका घरमा पनि क्षति पुगेको बीबीसीले जनाएको छ।

कारखानामा काम गरिरहेको बेला आगलागी भएर विस्फोट भएको अनुमान प्रहरीले गरेको छ। प्रहरीले पटाका कारखानाका प्रमुख राजेश अग्रवाललाई पक्राउ गरेको छ।

प्रकाशित: Feb 07, 2024| 08:14 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्