शुक्रबार, असार १२, २०८३

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया भ्रमणमा जाँदै

 |  बुधबार, माघ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ २४, २०८०
National life
Shivam cement

काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बुधबार अस्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन्।

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्त रुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

यही माघ  २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम छ। पर्थमा रहँदा उनले अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै उनले  सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम छ। 

प्रकाशित: Feb 07, 2024| 08:11 बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्