सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले धादिङ अधिवेशनको बन्दसत्र फागुन १ गते, नेतृत्वबारे केन्द्रले निर्णय गर्ने

एमाले धादिङ अधिवेशनको बन्दसत्र फागुन १ गते, नेतृत्वबारे केन्द्रले निर्णय गर्ने

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

काठमाडौं- नेकपा (एमाले) धादिङ जिल्ला अधिवेशनको बन्दसत्र आउँदो फागुन १ गते हुने भएको छ। अधिवेशनको अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सूचना जारी गर्दै फागुन १ गते बिहान ११ बजेदेखि बन्दसत्र सुचारु हुने जानकारी गराएका छन्। 

National life

यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो। कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित गरेका थिए। जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए। तर, अन्योलपछि अधिवेशन स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए।  

सोही दिन बालकोट पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसित प्रदेश र जिल्ला कमिटीका नेताहरूले छलफल गरेका थिए। अध्यक्ष ओलीले विवाद समाधान गरी बन्दसत्र अघि बढाउन सरोकारवाला दुवै पक्ष र केन्द्रीय संगठन विभागलाई निर्देशन दिएका थिए। स्रोतका अनुसार अब नेतृत्व टुंग्याउने विषयमा केन्द्रले निर्णय लिने भएको छ। 

शुक्रबारबाट सुरु भएको अधिवेशनमा आइतबार नेताहरुबीचमै कुटाकुटको स्थिती सिर्जना भएको थियो। जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला कमिटीको निर्णय सुनाउँदै गर्दा जिल्लाकै एमाले नेता खेम लोहनी पक्षका नेताहरू विरोधमा उत्रिएका थिए।

जिल्ला कमिटीले निर्णय नै नगरेको भन्दै सुरु भएको बिवाद उत्कर्षमा पुगेपछि कुटाकुटको स्थिती सिर्जना हुँदा बैठक स्थगित भएको थियो। बन्दसत्र सुरु हुनुअगावै अधिवेशनस्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित भएको विज्ञप्ति सार्वजनिक गरेका हुन्। 

Laxmi sunrise bank
kumari

एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले जारी गरेको विज्ञप्तिमा अधिवेशनस्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको उल्लेख छ। त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको भन्दै सोमबारसम्मलाई अधिवेशन स्थगित भएको विज्ञप्ति ढुंगेलले सार्वजनिक गरेका थिए।

प्रकाशित: Feb 06, 2024| 17:09 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्