शुक्रबार, असार १२, २०८३

कांग्रेसका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा पार्टीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

National life

मुख्य कार्यालय सानेपामा मंगलबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले बुढाथोकीको निधनमा यही माघ २३, २४ र २५ गते पार्टी केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने र पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

बैठकले पूर्वमन्त्री बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ। बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएको थियो।

बुढाथोकीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले बताएको छ। उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने र उनको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

माघ २४ गते बुधबार दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द हुने पनि कांग्रेसले जनाएको छ। १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको गर्ने कांग्रेसले निर्णय गरेको छ। समुदायमा कांग्रेस अभियान पनि स्थगित भएको छ। यसैगरी महामन्त्री गगन थापाले छुट्टै सञ्चालन गरेको मेची महामाली संवाद यात्रा पनि स्थगित गरेका छन्।

Shivam cement

प्रकाशित: Feb 06, 2024| 11:56 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्