बुधबार, पुस २, २०८२

सांसद भाग्‍न थालेपछि प्रतिनिधि सभामा डिजिटल हाजिर लागु 

प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बस्‍ने
 |  सोमबार, माघ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २२, २०८०

काठमाडौं- प्रतिनिधिसभामा गणपूरक संख्यामा पुर्‍याउन पनि मुस्किल हुने र सांसदहरु हाजिर गरेर भाग्‍न थालेपछि आजदेखि डिजिटल हाजिर सुरु गरिएको छ। आज बसेको संसद् बैठकदेखि नै डिजिटल हाजिर सुरु गरिएको हो। बैठकमा उपस्थितिको विवरण वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ।

National life

यस्तै, संसद् बैठक सञ्चालनसम्बन्धी माघ र फागुन महिनाको क्यालेन्डर पनि अनुमोदन गरिएको छ। 'विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भयो,' सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने।

कार्यतालिका लागु भएपछि बैठकमा सांसदहरूको उपस्थिति र सहभागिताका निम्ति सहज हुने सभामुखको अपेक्षा छ। गएको एक वर्षमा एउटा मात्र विधेयक पारित गरिएको विषयमा प्रश्नहरू उठाइएको उनले उल्लेख गरे।

प्रतिनिधि सभाको सोमबारको बैठक २५ मिनेट बसेर स्थगित भएको छ। प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बिहान ११ बजे बस्‍ने सभामुख देवराज घिमिरेले जानकारी गराएका छन्। 

प्रकाशित: Feb 05, 2024| 16:41 सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्