आइतबार, भदौ १४, २०८३

आगो बालेर सुतेका सासू-बुहारीको निस्सासिएर मृत्यु

 |  सोमबार, माघ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २२, २०८०

डडेल्धुराको अमरगढी–१ मा आइतबार राति आगो ताप्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुने सासू-बुहारी हुन्।

एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको धुवाँका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल छन्।

बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा बिहान अस्पताल पुर्‍याइएको थियो। अस्पताल लैजाने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित: Feb 05, 2024| 13:06 सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्