आइतबार, भदौ १४, २०८३

पनौतीबाट ७३ बोरा गाँजा बरामद

 |  सोमबार, माघ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २२, २०८०

काभ्रेको पनौती नगरपालिका-५ स्थित आइटी पार्क नजिकैबाट २८५ किलो गाँजा बरामद भएको छ। सोमबार बिहान साढे ८ बजे पनौती-बनेपा सडक खण्डमा प्रहरीले सवारी जाँच गर्ने क्रममा पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको गाडीबाट गाँजा बरामद गरेको हो।

उक्त गाडीमा लोड गरी ल्याइएको अप्रशोधित गाँजा प्लाष्टिकको विभिन्न आकारका ७३ बोरा गाँजा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीले सवारी चालक नुवाकोटको विदुर नगरपालिका-११ का ३५ वर्षीय बुद्धमान तामाङ, सहचालक रामेछाप नगरपालिका-८ का २० वर्षीय सञ्जीव तामाङ र गाडीमा रहेकी ५३ वर्षीया विमला तामाङलाई नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: Feb 05, 2024| 13:02 सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्