आइतबार, भदौ १४, २०८३

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ

 |  सोमबार, माघ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २२, २०८०

काठमाडौं- वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै रु ११ लाख ५० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। 

सल्ल्यानको शारदा नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही नगरपालिका वडा नं ५ घर भई हाल काठमाडौँ–२६ बस्ने ३३ वर्षीय टोपबहादुर सेजुवाललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रवक्ता रेग्मीका अनुसार पक्राउ परेकाहरुले खड्गराज गिरीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

प्रकाशित: Feb 05, 2024| 10:27 सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्