बुधबार, चैत २५, २०८२

उपत्यकाको आकाश धुम्मियो, कस्तो छ देशभरको मौसम ?

 |  सोमबार, माघ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २२, २०८०

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा तथा अन्य भेगको मौसम मूख्यतया सफा रहेको छ।

National life

माैसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राति पनि सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, केही उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि धुम्मिएको छ। बिहानैदेखि उपत्यकामा कुहिरो लागेको छ। जाडोका अधिकांश दिन बिहानदेखि नै सफा देखिने उपत्यकाको आकाश आज भने धमिलो देखियो।

अहिले कोशी, मधेश र बाग्मती प्रदेशमा बादल लागिरहेको छ। यी प्रदेशका अधिकांश स्थानमा मौसम काठमाडौँ उपत्यकाको जस्तै छ। सुदूरपश्चिमको पहाडी भू–भागको मौसम सफा छ भने तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ।

kumari

काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ७ डिग्री सेल्सियस छ। यहाँको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियससम्म झरेको थियो।

प्रकाशित: Feb 05, 2024| 07:44 सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्