मंगलबार, पुस १, २०८२

एमाले अधिवेशनमा कुटाकुट भएपछि ओलीको हस्तक्षेप

 |  आइतबार, माघ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २१, २०८०

काठमाडौं- नेकपा एमालेको नवौं अधिवेशनका क्रममा देखिएको विवाद र कुटाकुट प्रकरण बालकोटसम्म पुगेको छ। दुई समूहबीच कुटाकुट नै भएपछि अधिवेशन यही सोमबारसम्मलाई स्थगित गरिएको छ।

National life

अधिवेशन रोकिएसँगै अब यो विवादमा बालकोटबाट पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेका छन्।धादिङमा एमाले नेता खेम लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठी पक्षबीचको गुटगत विवाद कुटाकुटसम्म पुगेको थियो। 

विवादलाई लिएर एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले एउटा पक्षलाई जिताउने गरी लागेपछि अवस्था जटिल भएको धादिङस्थित एमालेका कार्यकर्ताहरूको भनाइ छ।

प्रदेश अध्यक्ष ढुंगेल लोहनी पक्षलाई जिताउने गरी मैदानमा उत्रिएपछि जिल्ला अध्यक्ष त्रिपाठी पक्षहरू पनि आफ्नो रणनीतिसहित तयारीमा थिए। त्रिपाठी पक्षले जिल्ला अधिवेशनमा प्रदेश अध्यक्ष ढुंगेलले अनावश्यक चासो र हस्तक्षेप गर्न खोज्दा वातावरण बिग्रिएको बताएका छन्।

एमाले बागमती प्रदेश कमिटी इन्चार्ज गुरु बराल र ढुंगेलले गुटगत रुपमै लोहनी पक्षलाई जिताउन उत्रिएको आरोप त्रिपाठी पक्षले लगाएको छ। बराल र ढुंगेलले अधिवेशनमा सोमबारसम्मलाई स्थगित भएको बताइरहँदा त्रिपाठीले भने विज्ञप्ति निकालेर नरोकिएको बताएका छन्। 

Laxmi sunrise bank
kumari

ढुंगेलले अधिवेशन स्थगित भएको विज्ञप्ति निकालेपछि जिल्ला अध्यक्ष त्रिपाठीले केही अनाधिकृत उच्छृंखल व्यक्तिहरूले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी हल्ला चलाएको दाबी गरेका छन्। 

एक नेताका अनुसार अध्यक्षमण्डलका अध्यक्ष अध्यक्ष धर्मदत्त देवकोटा र जिल्ला त्रिपाठी अधिवेशन अघि बढाउने पक्षमा थिए। तर प्रदेश अध्यक्ष ढुंगेल आइतबार बिहान अधिवेशन स्थगित भनेर विज्ञप्ति निकालेर काठमाडौँ छिरेका छन्। 

प्रदेश इन्चार्ज बराल र अध्यक्ष ढुंगेलले यो विवाद मिलाउने भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालोकटामा सोमबार बिहानका लागि बैठक राखेका छन्। उनीहरूले बालकोटको निर्देशनको हवाला दिँदै सोमबारसम्मलाई अधिवेशन स्थगित भएको बताएका छन्। 
 

प्रकाशित: Feb 04, 2024| 16:44 आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्