मंगलबार, पुस १, २०८२

सुनसरीमा महिला हिंसाको घटना बढ्दो

 |  आइतबार, माघ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २१, २०८०

इनरुवा- सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ वटा जबरर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको उनको भनाइ थियो।

National life

आर्थिक वर्ष २०७८/७९ मा जबर्जस्ती करणीसम्बन्धी एक सय वटा मुद्दा दर्ता भएकामा २०७९/८० मा १०६ वटा मुद्दा दर्ता भएको थियो। जबर्जस्ती करणी उद्योगमा आव २०७८/७९ मा ३० वटा र ०७९/८० मा १६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आठ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

मानव बेचबिखन शिर्षकमा आव २०७८/७९ मा आठ वटा र ०७९/८० मा एउटा मुद्दा दर्ता भएको थियो भने  चालु आवको पुससम्ममा एउटा मात्र मुद्दा दर्ता भएको छ। त्यसैगरी अपहरण तथा शरीर बन्धक शीर्षकमा आव २०७८/७९ मा चार वटा र ०७९/८० मा दुई वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुस सम्ममा दुई वटा मात्र मुद्दा दर्ता भएको छ। 

त्यसैगरी ‘बाल बिज्याँई’ शीर्षकमा  आव २०७८/७९ मा एउटा र ०७९/८० मा एउटा मुद्दा दर्ता भएकामा चालु आवकोे पुसमहिनासम्म एउटा पनि मुद्दा दर्ता नभएको प्रहरीले जनएको छ। त्यसैगरी बोक्सीको अरोपमा आव २०७९/८० मा एउटा र चालु आवको पुससम्ममा एउटा मुद्दा दर्ता भएको थियो।   

बालयौन दुरुपयोग शीर्षकमा आव २०७८/७९ मा १५ वटा र ०७९/८० मा १४ वटा मुद्दा दर्ता भएकामा चालु आवको गत पुस सम्ममा पाँच वटामात्र मुद्दा दर्ता भएको थियो। त्यसैगरी बहुविवाह शीर्षकमा आव २०७८/७९ मा ३६ वटा र ०७९/८० मा २६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुससम्ममा १९ वटा मात्र मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

समाजमा महिलाका लागि आधारभूत तथा उच्च शिक्षामा कम लगानी, विविधताको पहिचान र सम्मान नहुनु, तेस्रो लिङ्गिको सवाल, फितलो समावेशीताको नीति, लैङ्गिक असमानता, विद्यमान नीति कार्यान्वयनमा ढिलाइ, बढ्दो परनिर्भरता, बेरोजगारी, कुसंस्कार, सामाजिक सञ्जालको दुरुपयोग, लक्षित वर्गको पहुँच पुग्न नसक्नु र सहभागितामा कमीले महिला हिंसाको घट्ना बढ्दो क्रममा रहेको प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिए।

प्रकाशित: Feb 04, 2024| 19:02 आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्