मंगलबार, पुस १, २०८२

पशुपति क्षेत्रका अवैध संरचनामा डोजर लगाइँदै

 |  आइतबार, माघ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २१, २०८०

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ।

National life

कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौं महानगरको प्राविधिक टोली जग्गाको सीमांकनसहित खोजी कार्यमा जुटेको हो।

कोषका प्रवक्ता रेवतीरवण अधिकारीले भने, “शुक्रबारदेखि महानगरको  प्राविधिक टोलीको सहयोगमा हामीले जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमांकनसहित खोजी कार्य सुरु गरेका छौं। एक–दुई दिनमा सीमांकन र जग्गा खोजी काम सकेर त्यस्ता संरचनालाई भत्काइने छ।”

कामपा–८ गाँचा पोखरीमा तीन रोपनी ६ आना एक पैसा, वडा नं ३ भगवानस्थानमा तीन रोपनी आठ आना जग्गा र सिफलस्थित लामा पोखरीमा अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले जानकारी दिए।

कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 04, 2024| 13:48 आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्