आइतबार, भदौ १४, २०८३

बलात्कार आरोपमा प्रहरीका पूर्व सई पक्राउ

 |  आइतबार, माघ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २१, २०८०

काठमाडौं- बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्व सई पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यादव थरका एक पूर्व सईलाई पक्राउ परी कारबाही प्रक्रिया अघि बढाएको हो।

पक्राउ परेका पूर्व सईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्तासमेत भइसकेको छ। उनले कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।

सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन्।

पक्राउ परेका सई र पीडित भनिएकी किशोरीकी आमा भने लिभिङ टुगेदरमा रहेको समेत खुलेको छ।

प्रकाशित: Feb 04, 2024| 12:19 आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्