आइतबार, भदौ १४, २०८३

मोडल/कलाकार पुनम पाण्डेले भनिन् - म मरेकी छैन

 |  आइतबार, माघ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २१, २०८०

इन्स्टाग्राममा आफ्नो मृत्युको खबर सार्वजनिक गरेको भोलिपल्ट भारतीय मोडल तथा कलाकार पुनम पाण्डेले आफू जिवितै रहेको बताएकी छन्। शुक्रबार उनको इन्स्टाग्राममा मृत्युको सन्देश जारी गरिएको थियो। सर्विकल क्यान्सरका कारण पुनमको मृत्यु भएको जानकारी इन्स्टाग्राममा दिइएको थियो। 

पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा अंग्रेजीमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ। पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पूनमलाई गुमाएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ। उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो। शोकको यस समयमा हामी गोपनियता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं।’

भारतीय सञ्चारमाध्यमले उनको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको समाचार प्रकाशित गरेका थिए।

शनिबार पाण्डेले भिडियो सन्देश जारी गर्दै आफू जिवितै रहेको जानकारी दिएकी छन्। आफ्नो प्रचारका लागि यस्ता स्टन्ट उनले गर्दै आएकी छन्। 
 

प्रकाशित: Feb 04, 2024| 10:03 आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्