आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नारायणहिटी अगाडि राजावादीको प्रदर्शन - राजसंस्थाका लागि अन्तिम आन्दोलनमा छौं

नारायणहिटी अगाडि राजावादीको प्रदर्शन - राजसंस्थाका लागि अन्तिम आन्दोलनमा छौं

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

काठमाडौं- राजसंस्था समर्थकले काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअगाडि शनिबार प्रदर्शन गरेका छन्। मुलुकमा हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

नेपाली झन्डासहित प्रदर्शनमा सहभागीले राजसंस्थाको पक्षमा नारा लगाएका थिए। प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले दलका नेताहरूले मुलुकलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाए। आफूहरू देशमा अन्तिम आन्दोलन गर्न तयार भएको उनको भनाइ छ।

उनले मुलुकलाई अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्था अनिवार्य भएको जिकिर गरे। त्यसअघि, उनीहरूले काठमाडौका विभिन्न स्थानमा र्‍याली समेत निकालेका थिए।

प्रकाशित: Feb 03, 2024| 19:20 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्